२०८२ फाल्गुण २७ गते बुधवार
काठमाडौं। टेलिभिजन रियालिटी शो कमेडी नाइट विथ च्याम्पियन्स को नयाँ एपिसोड सार्वजनिक हुनुअघि नै राजनीतिक विवाद चर्किएको छ। शोको ४७औं एपिसोडको ट्रेलरमा बालकलाकार सुयसा खनालले रेनु दाहालको क्यारिकेचर गर्दै बोलेको संवादलाई लिएर नेकपा निकट जेन–जी रेड फोर्स नेपालले कडा आपत्ति जनाएको हो।
ट्रेलरमा कार्यक्रम सञ्चालक विशाल भण्डारीले सोधेको प्रश्न (“तपाईंको ड्याडीले अहिलेसम्म के महान काम गर्नुभयो ?” – को जवाफमा क्यारिकेचर गरिएको पात्र ‘रेनु’ ले भन्छिन्, “आफैंले सुरु गरेको पार्टी आफैंले सकाउनुभयो।” यही संवादलाई रेड फोर्सले नेकपा अध्यक्षप्रति लक्षित व्यंग्य भन्दै आपत्तिजनक ठहर गरेको छ।
रेड फोर्सले विज्ञप्ति जारी गर्दै उक्त प्रस्तुतीकरणले नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख व्यक्तित्वको राजनीतिक योगदान र ऐतिहासिक भूमिकालाई हल्का ढंगले प्रस्तुत गरेको आरोप लगाएको छ। उनीहरूले सार्वजनिक व्यक्तित्वबारे हास्य प्रस्तुत गर्दा न्यूनतम सम्मान र जिम्मेवारी देखाउन आग्रह गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij