Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

उदयपुरमा बस दुर्घटना, १५ जना घाइते

उदयपुरमा बस दुर्घटना, १५ जना घाइते


  • 729
    Shares

    उदयपुरमा बस दुर्घटना,  १५ जना घाइते

    काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

    कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा२ख,६२५७ नम्बरको ओखलढुङ्गे डिलक्स बस उदयपुरगढीको अँधेरीको गोलाइमा अनियन्त्रित भई सडकबाट तर खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले बताएका छन् ।

    दुर्घटनामा घाइते हुनेहरुमा कटारी नगरपालिका-६ की ६० वर्षीया सोममाया परियार, ताप्ली गाउँपालिकाकी २० वर्षीया मोनिका मगर, ताप्लीकै १९ वर्षीया पवित्रा श्रेष्ठ, ७८ वर्षीय दलबहादुर तामाङ, १५ वर्षीय प्रेम तामाङ र १४ वर्षीय सुजन तामाङ तथा कटारीका २५ वर्षीय अनिल चौधरी रहेका छन् ।

    अन्य घाइतेमा त्रियुगा नगरपालिका-१२ की २१ वर्षीया रेविका बस्नेत र २० वर्षीया रेस्मा बस्नेत, उदयपुरगढी गाउँपालिकाका १० वर्षीय दिवश तामाङ रहेका छन् ।

    घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको छ भने बाँकीको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

     

     

    प्रकाशित मिति :फाल्गुण ११ २०८२ सोमवार - १७:०९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij