Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

झापामा केपी ओलीः ‘जहाँ उभियो, त्यहीँ एमालेको विकास देखिन्छ’

झापामा केपी ओलीः ‘जहाँ उभियो, त्यहीँ एमालेको विकास देखिन्छ’


  • 673
    Shares

    झापामा केपी ओलीः ‘जहाँ उभियो, त्यहीँ एमालेको विकास देखिन्छ’

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र समृद्धिको नेतृत्व एमाले बाहेक अरु कसैले गर्न नसक्ने दाबी गरेका छन् । झापामा आयोजित कोशी प्रदेश स्तरीय ‘नेशनल भोलेन्टियर फोर्स’ को कमिटी गठन तथा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  । 

    अध्यक्ष ओलीले एमालेको विकास प्रेमी छवि रहेको कुरा आम नागरिकलाई जानकारी रहेको बताएका छन् । विपक्षीहरूको ‘भिजनविहीन’ राजनीतिले देश विकास हुन नसक्ने बताएका छन् । ओलीले नेशनल भोलेन्टियर फोर्स केवल निर्वाचनका लागि मात्र नभई देशमा शान्ति, सुव्यवस्था र लोकतन्त्रको रक्षाका लागि सधैं सक्रिय रहने एउटा अनुशासित दस्ता भएको स्पष्ट पारेका छन् । 

    अध्यक्ष ओलीले नवनिठित नेशनल भोलेन्टियर फोर्सलाई बधाई दिँदै फोर्सको आवश्यकता धेरै रहेको बताएका छन् । ओलीले विगतमा राज्य संयन्त्रमाथि मात्र भर पर्दा देशले ठूलो क्षति व्यहोर्नुपरेको स्मरण गराका छन् । 

    उनले प्रत्येक बुथमा कम्तिमा ३० जना भोलेन्टियर खटाउन र टोल–टोलमा सुरक्षा समिति बनाउन पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।अधुरा आयोजना र सुकुम्बासी समस्याओलीले आफ्नो कार्यकालमा शुरु भएका तर अहिले रोकिएका आयोजनाहरूको चर्चा गर्दै ती कामहरू पूरा गर्न एमाले नै सरकारमा आउनुपर्ने बताएका छन्।

    मिथेन ग्यासको व्यावसायिक उत्पादनले इन्धन आयातमा हुने अर्बौँ रुपैयाँ वचत हुने उनको भनाइ छ । त्यसैले नै एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न संकल्प लिएको बताएका छन्। 

    ‘एमालेले बनाउँछ, बिगार्दैन’ उनले देशभर एमालेलाई विजयी बनाउन आग्रह गर्दै सूर्य चिन्हमा मतदान गर्न आह्वान समेत गरेका छन् । एमालेको संकल्प समृद्ध नेपाल र सुखी नेपाली रहेको बताउँदै एमालेले बनाउने तर कहिल्यै नबिगार्ने जिकिर गरेका छन् । 

    प्रकाशित मिति :फाल्गुण ११ २०८२ सोमवार - १७:०४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij