Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

निर्वाचन चिन्हको भौतिक स्वरुप बोकेर प्रचारप्रसारमा हिँडे कारबाही

निर्वाचन चिन्हको भौतिक स्वरुप बोकेर प्रचारप्रसारमा हिँडे कारबाही


  • 421
    Shares

    निर्वाचन चिन्हको भौतिक स्वरुप बोकेर प्रचारप्रसारमा हिँडे कारबाही

    काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई निर्वाचन चिन्हको भौतिक स्वरूप बोकेर प्रचारप्रसार नगर्न निर्देशन दिएको छ । 

    आयोगका सूचना अधिकारी सुमन घिमिरेकाअनुसार आयोगले दल र उम्मेदवारहरूलाई प्रदान गरेको निर्वाचन चिन्ह प्रचारप्रसारका क्रममा प्रयोग गर्न पाइने भएपनि त्यसको ठोस भौतिक वस्तु नै तयार गरी बोकेर हिँड्न नपाइने निर्णय गरेको हो । 

    आयोगले निर्वाचन चिन्हको भौतिक स्वरूप बोकेर प्रचारप्रसार गर्ने कार्य निर्वाचन आचारसंहिता विपरित हुने स्पष्ट पारेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेमा कारबाही हुने आयोगले जनाएको छ । सूचना अधिकारी घिमिरेले निर्वाचन चिन्हलाई भौतिक स्वरूपमै प्रयोग गर्दा समाजको शान्ति सुव्यवस्था तथा सुरक्षा व्यवस्थामा प्रतिकूल असर पर्ने गुनासो आयोगमा आएको र उजुरीहरूको अध्ययनपछि आयोगले यस्तो निर्णय गरेको जानकारी दिए । 

    उनले राजनितिक दल तथा उम्मेद्वारहरुलाई प्रचारप्रसारका क्रममा निर्वाचन चिन्ह कागज, फ्लेक्स वा अन्य सामग्रीमा सांकेतिक रूपमा मात्र प्रयोग गर्न आग्रह गरे् । तोकिएभन्दा फरक ढंगले भौतिक स्वरूपमै चिन्ह बोकेर प्रचार गरेमा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको ठहर हुने उनको भनाई छ । उनले तोकिए बमोजिम दलको झण्डा र निर्वाचन चिन्ह मात्र प्रयोग गरी शान्तिपूर्ण र व्यवस्थित वातावरणमा प्रचारप्रसार गर्न पनि आग्रह गरे। 

    निर्वाचनमा प्रचारप्रसारको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सर्मथकहरुले चुनाव चिन्ह रहेको घण्टी बजाउँदै हिँडेपछि आयोगमा उजुरी परेको थियो । घण्टी बजाउँदा ध्वनी प्रदुषण भएको गुनासो बढेपछि आयोगले निर्वाचन चिन्हको भौतिक स्वरुप बोक्न नपाउने व्यवस्था गरेको छ । 

    प्रकाशित मिति :फाल्गुण ११ २०८२ सोमवार - १४:००:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij