Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगले गर्यो सिफारिस

चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगले गर्यो सिफारिस


  • 939
    Shares

    चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगले गर्यो सिफारिस

    काठमाडौं । निर्वाचन आयोगले चुनावमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ।

    आइतबार सरकारलाई पत्राचार गर्दै चुनावमा तीन दिन बिदा दिन सिफारिस गरेको निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए।

    उनका अनुसार आयोगले २०, २१ र २२ गते बिदा दिन सरकरालाई सिफारिस गरेको छ। त्यसबारे निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत फागुन २१ गते मतदान हुनेछ। आयोगले सिफारिस गरे अनुसारको निर्णय भए निर्वाचनको समयमा एक साता नै बिदा हुनेछ।

    यसपालि फागुन १८ गते पहाडमा र १९ गते तराईमा होली परेको छ।   २३ गते शनिबार र २४ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवस पनि मनाइँदै छ। ‍‍यसरी समग्रमा निर्वाचनताका एक साता नै बिदा हुने भएको छ। 

     

    images
    प्रकाशित मिति :फाल्गुण १० २०८२ आइतवार - १६:१३:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij