२०८२ भाद्र ४ गते बुधवार
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालभर ८ हजार ३ सय ५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
२२ हजार ८७ पीसीआर तथा एन्टीजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै हालसम्म नेपालभर कोरोना संक्रमितको संख्या ४ लाख ८८ हजार ६ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ९० जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ८ सय ४७ पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij