Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र


  • 407
    Shares

    गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र

    काठमाडौं । रेसुंगा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान गरिने भएको छ । नेपाल वायु सेवा निगमले यसअघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो ।

    नेपाल वायु निगमले यसअघि आइतबार, मंगलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएको थियो । 

    उडान तालिकामा परिवर्तन गरेसँगै अबदेखि आइतबार, मंगलबार र शनिबार गरी सातामा तीन पटकमात्र उडान हुने रेसुंगा विमानस्थल गुल्मीका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए । 

    नेपाल वायुसेवा निगमका हाल तीन मात्र ट्विनअटर जहाज रहेको र उक्त जहाज समय–समयमा मर्मत गर्नुपर्ने भएका कारण जहाजको अभावमा केही समयका लागि निगमले यसअघिको नियमित तालिकामा परिवर्तन गरेको उनले बताए । 

    बर्खात्को समय, खराब मौसम र बाक्लो हुस्सुका कारणबाहेक पछिल्लो तीन महिना रेसुंगा विमानस्थलमा नियमित रूपमा हवाई उडान हुँदै आइरहेको छ ।

    विमानस्थलमा निगमले १८ सिट क्षमताको ट्विनअटर जहाजबाट काठमाडौँदेखि बिहान ६ः३० बजे र रेसुंगा विमानस्थलदेखि बिहान ७ः३० बजे उडान गर्दै आइरहेको छ । 

    निगमले काठमाडौंबाट गुल्मीका लागि सात हजार ५०० र गुल्मीदेखि काठमाडौँका लागि सात हजार ३०० रुपैयाँ भाडादर निर्धारण गरेको छ ।

    विमानस्थलमा दिउँसोको समयमा अत्यधिक हावाको चाप हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान हुने गर्छ ।

    जिल्लामा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूको संख्यासमेत वृद्धि हुँदै गएको छ । १८ घण्टा लामो यात्रा गरेर राजधानी पुग्नुपर्ने बाध्यता रहेको यस क्षेत्रका नागरिकले आकाशमार्गबाट ४५ मिनेटमै सहज रूपमा आवतजावत गर्न सहज बनेको छ । 

    जिल्लामा हवाई सेवा लिने नागरिकको चाप पछिल्लो समयमा बढ्दै गएको छ । तर, यात्रुहरूको चाप बढे पनि उडान संख्या थोरै हुने र उडान तालिकामा परिवर्तन भइरहने भएका कारण यस क्षेत्रका नागरिक समस्यामा परेका छन् । 

     

    प्रकाशित मिति :फाल्गुण १० २०८२ आइतवार - ११:५८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij