Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

कोरोना संक्रमणका कारण चितवनमा एकैदिन १६ जनाको मृत्यु

कोरोना संक्रमणका कारण चितवनमा एकैदिन १६ जनाको मृत्यु


  • 4.8K
    Shares

    कोरोना संक्रमणका कारण चितवनमा एकैदिन १६ जनाको मृत्यु
    images

    चितवन । कोरोना संक्रमणका कारण चितवनमा विगत २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार भरतपुर अस्पतालमा ३ जना, चितवन मेडिकल कलेजमा ७ जना, पुरानो मेडिकल कलेजमा ३ जना, क्यान्सर अस्पतालमा २ जना र माडीको बगौडा अस्पतालमा १ जनाको मृत्यु भएको हो ।

    अहिले चितवनका विभिन्न अस्पतालमा ५०९ जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् । जसमध्ये २५९ जना आईसीयूमा, ६३ जना भेन्टिलेटरमा, ८९ जना एचडीयू र १६१ जनाको सामान्य बेडमा उपचार भइरहेको छ ।

    विगत २४ घण्टामा ४७ जनाले कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य कार्यालय जनाएको छ ।

    प्रकाशित मिति :जेठ ६ २०७८ बिहिवार - १७:१४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij