Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

कांग्रेसले फागुन १७ गते काठमाडौंमा चुनावी सभा गर्ने

कांग्रेसले फागुन १७ गते काठमाडौंमा चुनावी सभा गर्ने


  • 407
    Shares

    कांग्रेसले फागुन १७ गते काठमाडौंमा चुनावी सभा गर्ने

    काठमाडौं । नेपाली कांग्रेसले फागुन १७ गते काठमाडौंमा चुनावी सभा गर्ने भएको छ ।

    कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति गगन थापा, उपसभापति तथा निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मासहितका पदाधिकारीले त्यो सभामा सम्बोधन गर्ने जानकारी दिएका छन् । 

    सभाको तयारीका लागि शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता चालिसेसहित उपत्यकाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू र जिल्लाको नेतृत्व गर्ने नेताहरूले छलफल गरेका थिए । 

    फागुन ६ गते जनकपुरको तिरहुतियामा मधेस सभा गर्दै चुनावी सभाको सुरुवात गरेको कांग्रेसले फागुन ७ गते काठमाडौंको राष्ट्रियसभामा सभापति थापासँग ‘हाम्रो प्रतिज्ञा, तपाईंको प्रश्न’ विषयक अन्तर्क्रिया गरेको थियो । 

     

    प्रकाशित मिति :फाल्गुण ८ २०८२ शुक्रवार - १४:५४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij