२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ‘अस्वस्थ’ भएपछि काठमाडौं फर्किएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार (फागुन ७) बेलुका सुर्खेतबाट हवाईमार्गमार्फत उनी काठमाडौं फर्किएका रास्वपाका एक नेताले जानकारी दिए ।
“वरिष्ठ नेताको स्वास्थ्यमा समस्या आएपछि फर्किनुभएको हो । उहाँ दाङको कार्यक्रममा सहभागी हुनु हुन्न,” ती नेताले भने ।
दाङको घोराहीमा आज (फागुन ८) रास्वपाका सभापति रवि लामिछाने र बालेनले सम्बोधन गर्ने आमसभा तय थियो ।
“उतै सुर्खेतबाट काठमाडौं फर्किनुभएको हो,” ती नेताले भने । स्वास्थ्यमा समस्या देखिएको बताइए पनि के भएको भन्ने खुलाइएको छैन ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij