Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

आज यी तीन प्रदेशमा हुनेछ वर्षा र हिमपात

आज यी तीन प्रदेशमा हुनेछ वर्षा र हिमपात


  • 820
    Shares

    आज यी तीन प्रदेशमा हुनेछ वर्षा र हिमपात

    काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहँदा तीनवटा प्रदेशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो । 

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ । दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । 

    मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका बाँकी भूभाग तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

    कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

    विभागले राति तराई भूभागका थोरै स्थानमा तुँवालो रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ ।

    कोसी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले प्रष्ट पारेको छ । 

    प्रकाशित मिति :फाल्गुण ८ २०८२ शुक्रवार - ०७:४१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij