Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

युवाको आक्रोशलाई सम्मान गरौँ : प्रधानमन्त्री कार्की

युवाको आक्रोशलाई सम्मान गरौँ : प्रधानमन्त्री कार्की


  • 323
    Shares

    युवाको आक्रोशलाई सम्मान गरौँ : प्रधानमन्त्री कार्की

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले युवाको आक्रोशलाई सम्मान गर्नुपर्ने बताएकी छन् । ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सो कुरा बताएकी हुन् । प्रधानमन्त्री कार्कीले प्रजातन्त्रको वास्तविक औचित्य इन्टरनेटमा हुने अभिव्यक्ति स्वतन्त्रतादेखि भान्छामा पाक्ने तरकारीको मूल्यसम्ममा देखिनुपर्नेमा जोड दिनुभयो।

    सम्बोधनका क्रममा प्रधानमन्त्रीले गत भदौ २३ र २४ गते भएको युवाको आन्दोलन सम्झदै भनिन्, ‘त्यो आन्दोलन भ्रष्टाचार, नातावाद र विभेदको अन्त्य खोज्ने एउटा ऐना थियो। सबल लोकतन्त्रले असन्तोषलाई दमन गर्दैन, सुधारको अवसरका रूपमा ग्रहण गर्छ।’ उनले युवाको ऊर्जा र ‘नैतिक क्रोध’लाई तिरस्कार गरेर कुनै पनि राष्ट्र शान्त रहन नसक्ने धारणा व्यक्त गरेकी छन् ।

    प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइन। ‘यो निर्वाचन आवधिक मात्र होइन, मुलुकलाई नयाँ राजनीतिक लयमा फर्काउने ऐतिहासिक मोड हो’, उनले भनिन् ।

     

    प्रकाशित मिति :फाल्गुण ७ २०८२ बिहिवार - ११:०७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij