Logo

२०८२ फाल्गुण ५ गते मंगलवार

२०८२ फाल्गुण ५ गते मंगलवार

सेवा सुविधा कम भएको भन्दै हुम्लामा निर्वाचन प्रहरीले गरे प्रदर्शन

सेवा सुविधा कम भएको भन्दै हुम्लामा निर्वाचन प्रहरीले गरे प्रदर्शन


  • 379
    Shares

    सेवा सुविधा कम भएको भन्दै हुम्लामा निर्वाचन प्रहरीले गरे प्रदर्शन

    काठमाडौं । हुम्लामा निर्वाचन प्रहरीले विरोध प्रदर्शन गरेका छन् ।मंगलबार जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर निर्वाचन प्रहरीले सेवा सुविधा कम भयो भन्दै प्रदर्शन गरेका हुन् ।

    जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दका अनुसार निर्वाचन प्रहरीले तोकेको कार्यविधि भन्दा सेवा सुविधा कम भयो भन्दै विरोध प्रदर्शन गरेको हुन् ।

    सेवा सुविधाबारे गलत बुझाइका कारण समस्या देखिएको सूचना अधिकारी चन्दले बताएका छन्। गलत बुझाइले गर्दा तोडफोड र टायर बालेर विरोध प्रदर्शन गरेका थिए । छलफलमार्फत समस्या समाधान गर्ने प्रयास भइरहेको सूचना अधिकारी चन्दले जानकारी दिएका छन् ।

    आगामी प्रतिनिधिसभा निर्वाचनका लागि हुम्लामा ५ सय ९५ जना निर्वाचन प्रहरी भर्ना गरिएको छ। उनीहरूले प्रहरी जवानको प्रारम्भिक तलबमानअनुसार प्रतिदिन ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनका लागि ३४ हजार ७७६ रुपैयाँ पाउने व्यवस्था छ।

    त्यसैगरी, मतदानको दिनको अघिपछि गरी ४ दिनका लागि प्रतिदिन ३०० रुपैयाँका दरले जम्मा १ हजार २ सय रुपैयाँ खाजा खर्च पनि उपलब्ध गराइन्छ।

    हिमाली जिल्लामा खटिने निर्वाचन प्रहरीले अतिरिक्त सुविधा पाउने व्यवस्था अनुसार, हुम्लामा प्रतिप्रहरी करिब ११ हजार ५७० रुपैयाँ बराबरको थप खर्च हुने प्रशासनले जनाएको छ।

    पहाडी क्षेत्रमा ७ हजार ९४५ रुपैयाँ र तराई क्षेत्रमा ६ हजार १७० रुपैयाँ खर्च हुने गर्छ। तर पहिले भनिएको भन्दा कम रकम पाउने हल्ला फैलिएपछि निर्वाचन प्रहरीहरू असन्तुष्ट बनेर आन्दोलनमा उत्रिएका हुन्।

    प्रकाशित मिति :फाल्गुण ५ २०८२ मंगलवार - १६:४८:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij