Logo

२०८२ फाल्गुण ५ गते मंगलवार

२०८२ फाल्गुण ५ गते मंगलवार

गोली हानेर प्रहरीले समात्यो लागुऔषध कारोबारी

गोली हानेर प्रहरीले समात्यो लागुऔषध कारोबारी


  • 526
    Shares

    गोली हानेर प्रहरीले समात्यो लागुऔषध कारोबारी

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–८ मा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन हवाई फायर गरी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले गए राति करिब १० बजे उक्त स्थानमा निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।

    सूचना अधिकारी थापाका अनुसार चिंगाड गाउँपालिका–४ का ४७ वर्षीय ललित चन्दलाई शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि हातपात तथा आक्रमण गर्दै लागुऔषधसहित भाग्ने प्रयास गरेका थिए । त्यसपछि प्रहरीले हवाई फायर गरी नियन्त्रणमा लिएको उनले बताए ।

    प्रहरीले स्थिति नियन्त्रणमा लिन एक राउन हवाई फायर गरेको जनाएको छ । त्यसपछि उनलाई नियन्त्रणमा लिई कानुनी प्रक्रियाअनुसार खानतलासी गर्दा उनको साथबाट शुद्ध ३६ ग्राम ७३० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

    बरामद लागुऔषधसहित चन्दलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरिएको र हाल म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण ५ २०८२ मंगलवार - १६:४०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij