Logo

२०८२ फाल्गुण ५ गते मंगलवार

२०८२ फाल्गुण ५ गते मंगलवार

सडकमा हिँडिरहेका वृद्धमाथि कुटपिट, कार चालक खोज्दै प्रहरी

सडकमा हिँडिरहेका वृद्धमाथि कुटपिट, कार चालक खोज्दै प्रहरी


  • 435
    Shares

    सडकमा हिँडिरहेका वृद्धमाथि कुटपिट, कार चालक खोज्दै प्रहरी

    काठमाडौं । सडकमा हिँडिरहेका एक वृद्धमाथि दुर्व्यवहार भएको छ । सार्वजनिक स्थलमा एक कार चालकले वृद्धमाथि दुर्व्यवहार गरेको हो ।

    बीच सडकमा कार रोकेर सडकमा हिँडिरहेका वृद्धलाई मुक्का प्रहार गरेको भिडियो सार्वजनिक भएको छ । यद्यपि उक्त  घटना कहिलेकाे हाे खुल्न सकेकाे छैन ।

    सडकमा पैदलयात्रुलाई कुटपिट गरेको भिडिओ भाइरल भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाको अनुसन्धान सुरु गरेको छ । परिसरका एसपी पवन भट्टराईले वृद्धमाथि सार्वजनिक स्थललमा कुटपिट गर्ने कार चालकको खोजी भइरहेको बताए ।

    उनले नेपाल प्रेससँग भने,‘ हामीलाई धेरै ठाउँबाट भिडिओहरु आइरहेको छ । कुटपिट गर्ने चालकको खोजी कार्यमा जुटिसकेका छौं । छिटै कानुनी दायरामा ल्याउँछौं । ’ उनका अनुसार उक्त घटना कुन ठाउँमा भएको हो भन्ने खुलिसकेको छैन ।

    उक्त भिडिओमा सडक पार गर्दै गरेको एक वृद्धलाई बा ३ घ ११०३ नम्बरको गाडीबाट एक अधवैशे पुरुषले गाडीबाट झरेर ती वृद्धलाई कुटपिट गरेको देखिन्छ । साथै अर्की महिलाले पनि उनलाई गाली गरेको भिडिओमा देखिन्छ । सार्वजनिक स्थलमा त्यसरी किन कुटपिट गरेको भन्ने खुलेको छैन ।

    प्रकाशित मिति :फाल्गुण ५ २०८२ मंगलवार - १४:४९:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij