Logo

२०८२ फाल्गुण ५ गते मंगलवार

२०८२ फाल्गुण ५ गते मंगलवार

सब–इन्जिनियरको हत्या, घटनाको शीघ्र छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन

सब–इन्जिनियरको हत्या, घटनाको शीघ्र छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन


  • 120
    Shares

    सब–इन्जिनियरको हत्या,  घटनाको  शीघ्र छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन

    काठमाडौं । सर्लाहीको मलंगवास्थित भौतिक पूर्वाधार विकास कार्यालयमा कार्यरत सब-इन्जिनियर प्रमोद कुमार यादवमाथि गोली प्रहार गरी हत्या गरिएको घटनामा हत्यारालाई कारबाही माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। 

    मंगलबार काठमाडौंको माइतीघर मण्डलमा यादवको हत्यारालाई पक्राउ गरी यथाशीघ्र कारबाही गर्न माग गर्दै प्रदर्शन भएको हो। प्रदर्शनकारीहरूले  हत्यारा खुलेआम हिँडिरहेको र सरकार मौन बसिरहेको भन्दै नाराबाजी पनि गरेका छन्। 

    सिरहाको सुखीपुर नगरपालिका–६ बैशाखा स्थायी घर भएका ३६ वर्षीय यादवलाई फागुन ३ गते साँझ करिब ८ बजे मलंगवा नगरपालिका-१० देवीटोलस्थित डेराबाट बाहिर बोलाएर अज्ञात समूहले गोली प्रहार गरेको थियो।
     
    सब इन्जिनियर यादव दिउँसो मात्र बुबाको काजकिरिया सकेर मलङ्गवा फर्किएका थिए। घरबाट फर्किएलगत्तै उनीमाथि गोली प्रहार भएको सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताएका छन्। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको पनि जानकारी  दिएको छ। 

    मृतककी श्रीमती पुनम यादवका अनुसार प्रमोदमाथि गोली चलाउने व्यक्ति मोटरसाइकलमा चढेर आएका बताएका छन्। तिनै व्यक्तिले यादवलाई कोठाबाहिर बोलाएर गोली हानेको पुनमले बताएकी छन्। प्रमोदको देब्रे छातीमा गोली लागेको थियो। 

     घटनास्थलबाट प्रहरीले गोलीको एक खोका बरामद गरेको थियो। प्रारम्भिक अनुसन्धानका आधारमा घटनामा सानो हतियार (पेस्तोल) प्रयोग भएको पाइएको प्रहरी नायव उपरीक्षक ९डिएसपी० सरोज राईले बताएका छन्।

    गोली लागेर ढलेका यादवलाई आइतबार राति नै प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। सब इन्जिनियर यादव श्रीमती र दुई वर्षीया छोरीसँगै मलङ्गवा–१० मा डेरामा बस्दै आएका थिए।

    प्रकाशित मिति :फाल्गुण ५ २०८२ मंगलवार - १४:३२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij