Logo

२०८२ फाल्गुण ५ गते मंगलवार

२०८२ फाल्गुण ५ गते मंगलवार

काठमाडौंका ३ प्रहरी अधिकृत पुरस्कृत

काठमाडौंका ३ प्रहरी अधिकृत पुरस्कृत


  • 246
    Shares

    काठमाडौंका ३ प्रहरी अधिकृत पुरस्कृत

    काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले तीन प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ ।

    पुरस्कृत हुनेहरुमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराई, डीएसपी कौशल कुमार बुढाथोकी र प्रहरी वृत्त सिंहदरबारका डीएसपी जनार्दन घिमिरे रहेका छन् ।

    काठमाडौं उपत्यकामा हुने विभिन्न किसिमका विरोध, प्रर्दशन, बन्द हड्ताल, मेला पर्व, खेलकुद लगायत विभिन्न आन्दोलनहरूको व्यवस्थापन तथा नियन्त्रण गर्न उत्कृष्ठ कार्य सम्पादन गरेको भन्दै एसपी भट्टराई र डीएसपी बुढाथोकीलाई पुरस्कृत गरिएको एआईजी ईश्वर कार्कीले बताएका छन् । 

    साथै, प्रहरी वृत्त सिंहदरबारलाई जग्गा स्थायी रूपमा उपयोग गर्ने गरी जग्गा प्राप्‍ती एवं पूर्वाधार विकासमा उल्लेखनिय भूमिका निर्वाह गरेको भन्दै डीएसपी घिमिरेलाई पुरस्कृत गरिएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण ५ २०८२ मंगलवार - १४:००:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij