Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो र ढुङ्गा राखेको बियरको बोतल

भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो र ढुङ्गा राखेको बियरको बोतल


  • 715
    Shares

    भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो र ढुङ्गा  राखेको बियरको बोतल

    काठमाडौं । नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दको क्रममा  भैरहवाको लुम्बिनी गेट नजिकै शंकास्पद वस्तु फेला परेको छ ।

    बोराभित्र राखिएको र बाहिर कागजमा नेपाल बन्द सफल पारौं लेखेको हुँदा शंकास्पद वस्तु देखिएपछि केही समय उक्त सडक खण्डमा सवारी आवागमन बन्द भएको थियो ।

    नेपाली सेनाको टोली आएर डिस्पोज गर्दा  क्यान बियरको बोतलभित्र माटो र ढुङ्गा राखेर सर्वसाधारणलाई तर्साउन खोजिएको पाइएको रुपन्देही प्रहरीले बताएको छ ।

    फागुन २१ को चुनाव बहिष्कारको आह्वान गर्दै नेपाल बन्द गरिएको सो पार्टीले जनाएको छ । बन्द आह्वान का कारण जिल्लाका शिक्षण संस्थाहरु बन्द भएका छन् । सवारी साधन चलेका छैनन् भने बजार पनि खुलेका छन् ।

    प्रकाशित मिति :फाल्गुण ५ २०८२ मंगलवार - ११:३७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij