२०८२ फाल्गुण ५ गते मंगलवार
काठमाडौं । परराष्ट्रमन्त्री बलानन्द शर्मा बङ्गलादेश जाने भएका छन् । बङ्गलादेशमा गठन हुने नयाँ सरकारका प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रममा अतिथिको रूपमा सहभागी हुन उनी सोमबार त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बंगलदेशमा सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले हालै चुनाव सम्पन्न गराएको छ ।
बीएनपीका अध्यक्ष तारिक रहमानले बङ्गलादेशको नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिँदैछन् । शपथ ग्रहण कार्यक्रममा बङ्गलादेशले नेपालसहित भारत, चीन, साउदी अरेबिया, पाकिस्तान, टर्की, यूएई, कतार, मलेसिया, ब्रुनेई, श्रीलंका, माल्दिभ्स, भुटानलगायतका देशका सरकार प्रमुखलाई निमन्त्रणा पठाएको छ ।
शपथग्रहण कार्यक्रम ढाकामा रहेको राष्ट्रिय संसद् परिसरमा हुने भएको छ । प्रधानमन्त्रीको शपथ मंगलबार दिउँसो ४ बजे हुने बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij