Logo

२०८२ फाल्गुण ५ गते मंगलवार

२०८२ फाल्गुण ५ गते मंगलवार

‘जेनजी नेताहरू प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुने रहेछ भन्न थालेका छन्’

‘जेनजी नेताहरू प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुने रहेछ भन्न थालेका छन्’


  • 463
    Shares

    ‘जेनजी नेताहरू प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए हुने रहेछ भन्न थालेका छन्’

    काठमाडौं । नेकपाका संयोजक प्रचण्डले नयाँ पुस्ता (जेनजी) ले देशको नेतृत्वका लागि आफूलाई नै प्रधानमन्त्रीका रूपमा हेर्न चाहेको दाबी गरेका छन्। 

    गृहजिल्ला रुकुम पूर्वको चुनावी अभियानका क्रममा टोलटोलमा पुगेका दाहालले जेनजीहरूले नेकपा नै आफ्नो वास्तविक अभिभावक भएको बुझिसकेको जिकिर गरेका छन्।

    आफ्नो निर्वाचन क्षेत्रका मतदातासँगको संवादमा उनले भने, “जेनजीका मुख्य नेताहरूले प्रचण्डलाई नै प्रधानमन्त्री बनाएको भए हुने रहेछ भन्न थालेका छन्। 

    उनले नेपालको मौलिक समाजवादको आधारभूमि रुकुम पूर्व नै बन्ने दाबी समेत गरेका छन्। विरोधीहरूले चुनाव जित्न मात्र रुकुम आएको आरोप लगाएको प्रति टिप्पणी गर्दै दाहालले आफूलाई देशका १२ जिल्लाबाट एकल सिफारिस आएको दाबी गरेका छन्। 

    बिहानैदेखि कार्यकर्ता र मतदातासँगको भेटघाटमा व्यस्त दाहाल आज मैकोट, कोल, फल्नै गर्खानी, गोलखाडा, राङ्सी र नाखा लगायतका क्षेत्रमा पुग्ने कार्यक्रम छ।

     

    प्रकाशित मिति :फाल्गुण ४ २०८२ सोमवार - १४:३३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij