२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताएका छन् ।
सोमबार चितवनको कालिका नगरपालिका-३ मा स्थानीयसँगको छलफलमा लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा माहौल बनेको दाबी गर्दै आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताएका छन् ।
यसअघि सरकारमा रहँदा जनताका समस्या समाधान गर्ने धेरै कोसिस गर्दा गर्दै पनि पुरा गर्न नसकिएको उनले बताएका छन् । उनले सुकुम्वासीको समस्या आयोग बनाएर नै दीर्घकालीन रूपमा समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij