Logo

२०८२ फाल्गुण ५ गते मंगलवार

२०८२ फाल्गुण ५ गते मंगलवार

होटल फरेष्ट इनको आइपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

होटल फरेष्ट इनको आइपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा


  • 407
    Shares

    होटल फरेष्ट इनको आइपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

    काठमाडौं । होटल फरेष्ट इनको आइपीओ बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक एआईसी एसिया क्यापिटलले काठमाडौंको बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा आइपीओ बाँडफाँट गरिएको हो। 

    होटल फरेष्ट इनले गत माघ २२ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो। यो होटलले सर्वसाधारणलाई १०० रुपैयाँ ३३ लाख २० हजार कित्ता आइपीओ जारी गरेको थियो।

    आइपीओमा २६ लाख ६० हजार ४५२ आवेदकबाट कुल २ करोड ९९ लाख ७८ हजार ८६० कित्ता शेयर माग भएको थियो। जसमा २३ लाख ७१ हजार ३१५ आवेदकबाट माग भएको २ करोड ५७ लाख ४५ हजार ७०० कित्ता शेयर सदर भएको छ। 

    जसअनुसार २ लाख ८९ हजार १३७ आवेदन विभिन्न कारणले रद्द तथा बदर गरिएका छन्। यो होटलको आइपीओमा पनि मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। 

    भाग्यमानी ३ लाख ३२ हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने बाँडफाँटको नतिजाअनुसार सदर आवेदनमध्ये २० लाख ३९ हजार ३१५ आवेदकको हात खाली भएको छ।

    अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको वेबसाइटसँगै सीडीएससीको ‘मेरो शेयर’ र iporesult.cdsc.com.np मा हेर्न सकिनेछ। 

    प्रकाशित मिति :फाल्गुण ४ २०८२ सोमवार - १२:०६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij