Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

जनकपुरबाट अयोध्या सिधा उडान भर्ने तयारी, रामायण सर्किट जोड्न पहल गरिने

जनकपुरबाट अयोध्या सिधा उडान भर्ने तयारी, रामायण सर्किट जोड्न पहल गरिने


  • 470
    Shares

    जनकपुरबाट अयोध्या सिधा उडान भर्ने तयारी, रामायण सर्किट जोड्न पहल गरिने

    काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भारतको अयोध्यास्थित राम मन्दिरसँग सिधा हवाई उडानमार्फत जोड्ने पहल गरिएको बताएका छन् ।  मिथिला मध्यमा परिक्रमाको अवसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

    उनले यस पहलले मधेस प्रदेशको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार प्रदेश सरकारले मधेस प्रदेशलाई रामायण सर्किटसँग जोड्दै जनकपुर र अयोध्याबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने योजना अघि सारेको छ । 

    सीता सर्किट र रामायण सर्किटलाई जोड्नसके जनकपुरको मात्र नभई सिंगो मधेश प्रदेशकै विकास हुने र यस क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा पर्यटकीय गन्तव्यको पहिचान बनाउने विश्वास व्यक्त गरेका छन्। यस योजनालाई मूर्त रूप दिन छिट्टै भारत भ्रमण गर्ने र त्यहाँका सम्बन्धित निकायहरूसँग समन्वय गरी कामलाई तिब्रता दिने बताएका छन्। 

    उहाँले यस कार्यका लागि सकारात्मक आश्वासन प्राप्त भइसकेको र प्रक्रियालाई तत्काल अगाडि बढाइने जानकारी दिएका छन् ।

    जनकपुर विमानस्थलको स्तरोन्नति र विस्तारका लागि सङ्घीय सरकारसँग समेत समन्वय भइरहेको उनको भनाइ छ । विमानस्थल विस्तार गरी अयोध्याबाट सिधा उडान सञ्चालन गर्नसके दैनिक ५ सय भन्दा बढी भारतीय दर्शनार्थीहरू माता सीताको दर्शन गर्न आउने उनको विश्वास छ ।   

    images
    प्रकाशित मिति :फाल्गुण ४ २०८२ सोमवार - ११:३८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij