Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

कांग्रेसले बोलायो अनुशासन समिति बैठक

कांग्रेसले बोलायो अनुशासन समिति बैठक


  • 582
    Shares

    कांग्रेसले बोलायो अनुशासन समिति बैठक

    काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ ।

    विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा गठन गरेको केन्द्रीय अनुशासन समितिको बैठक पहिलो बैठक शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बोलाएको हो । 

    पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बैठकको मुख्य एजेण्डा पार्टीका तर्फबाट मुलुकभर बागी उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने रहेको  जानकारी दिए । 

    दुलालका अनुसार देशभर कांग्रेसका ३ जनाले बागी उम्मेदवारी दिएका छन् ।  एक पटक अनुशासन समिति बैठक बसेर समय तोकेर आग्रह गर्ने त्यो समयमा उम्मेदवारी फिर्ता नगरे अर्को बैठक बसेर कारबाही गर्ने तयारी छ । 

    कांग्रेसबाट बागी उम्मेदवारी दिनेमा कपिलवस्तु १ बाट आषिश शर्मासहित ३ जना रहेका पनि दुलालले जानकारी दिए । समितिको सदस्यमा धना खतिवडा र सुवासकुमार पोखरेल रहेका छन् ।

     

    प्रकाशित मिति :फाल्गुण ४ २०८२ सोमवार - ११:२०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij