Logo

२०८२ फाल्गुण ४ गते सोमवार

२०८२ फाल्गुण ४ गते सोमवार

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा ‘नागरिक करार पत्र’ सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा ‘नागरिक करार पत्र’ सार्वजनिक


  • 302
    Shares

    राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा ‘नागरिक करार पत्र’ सार्वजनिक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी पाँच वर्षका लागि आफ्नो स्पष्ट मार्गचित्रसहितको नागरिक करार सार्वजनिक गरेको छ । नागरिकको मतलाई लगानीको रूपमा परिभाषित गर्दै पार्टीले पाँच वर्षभित्र ठोस प्रतिफल दिने वाचासहित यो विशेष अवधारणा अघि सारेको हो।

    रास्वपाले सदाचार, आर्थिक समृद्धि, रोजगारी, पूर्वाधार र प्रवास गरी मुख्य पाँच क्षेत्रलाई प्राथमिकतामा राखेर आफ्ना योजनाहरू प्रस्तुत गरेको छ।

    पार्टीले सदाचार र असल शासनलाई पहिलो प्राथमिकतामा राख्दै भ्रष्टाचार विरोधी महाअभियानमार्फत पारदर्शी राज्य संयन्त्र निर्माण गर्ने सङ्कल्प गरेको छ । 

    आर्थिक समृद्धितर्फ पार्टीले नेपालको प्रतिव्यक्ति आयलाई ३ हजार अमेरिकी डलर र कुल गार्हस्थ्य उत्पादनको आकारलाई १०० अर्ब डलर पुर्‍याउने लक्ष्य लिएको छ । 

    नागरिकको जन्मदेखि मृत्युसम्मका आधारभूत आवश्यकतालाई सम्बोधन गर्न एकीकृत सामाजिक सुरक्षा र शतप्रतिशत बिमासहितको गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रतिबद्धता समेत जनाइएको छ।

    युवा पलायनको समस्या समाधान गर्न रास्वपाले आगामी पाँच वर्षभित्र सूचना प्रविधि, निर्माण, पर्यटन, कृषि र उद्योगका क्षेत्रमा १२ लाख नयाँ मर्यादित रोजगारी सिर्जना गर्ने योजना बनाएको छ ।

    रास्वपाले यदि आफूले एकल बहुमत पाएर पनि यी प्रतिवद्धताहरू पूरा गर्न नसकेमा, आगामी निर्वाचनमा नागरिकले राजनीतिक नैतिकताका आधारमा आफूहरूलाई सजाय दिन सक्ने र सो आफूहरूलाई मन्जुर हुने बताएको छ। 

    whatsapp-image-2026-02-15-at-3.13.19-pm_iyXbSxtWup.jpg

     

     

    प्रकाशित मिति :फाल्गुण ३ २०८२ आइतवार - १७:४९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij