Logo

२०८२ फाल्गुण ४ गते सोमवार

२०८२ फाल्गुण ४ गते सोमवार

३७ जना गैरसैनिकलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान

३७ जना गैरसैनिकलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान


  • 288
    Shares

    ३७ जना गैरसैनिकलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान

    काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६३औँ वार्षिकउत्सवमा सैनिक तथा गैरसैनिक व्यक्तिहरूलाई ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरेको छ । 

    आइतबार सैनिक मञ्चमा आयोजित समारोहमा प्रधान सेनापति अशोकराज सिग्देलले गैरसैनिक तर्फ ३७ जनालाई प्रशंसा निशान प्रदान गरेका हुन् ।

    ७ जना पत्रकारलाई प्रशंसा निशान तथा कदर पत्र प्रदान गरिएको छ । बहावलाला सैनिकतर्फ यसवर्ष ४ सय ९५ जनालाई प्रशंसा निशान प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । अवकाश प्राप्त सैनिक ८ जना र अन्य सुरक्षा निकायका ६ जनालाई प्रशंसा निशान प्रदान गरिएको छ ।

    सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठाका कार्यकारी निर्देशन पुरुषोत्तम थापा सहित अन्य सुरक्षा निकायका अधिकृतहरूलाई प्रधान सेनापतिले प्रशंसा निशान प्रदान गरेका छन् ।  

     

    प्रकाशित मिति :फाल्गुण ३ २०८२ आइतवार - १७:२४:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij