Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक, प्रदेशका मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने (पूर्णपाठसहित)

उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक, प्रदेशका मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने (पूर्णपाठसहित)


  • 827
    Shares

    उज्यालो नेपाल पार्टीको घोषणापत्र सार्वजनिक, प्रदेशका मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्ने (पूर्णपाठसहित)
    images

    काठमाडौं । उज्यालो नेपाल पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायमा जोड दिँदै चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो ।

    घोषणा पत्रमा प्रतिनिधि सभा सदस्य संख्या घटाउने प्रश्ताव गरिएको छ । प्रतिनिधि सभा सदस्य संख्या २७५ बाट घटाएर २०१ बनाउने उल्लेख गरिएको हो । राज्यलाई हुने आर्थिक भार कम हुने गरी प्रतिनिधि सभा सदस्य संख्या घटाउने प्रतिवद्धता व्यक्त गरिएको अध्यक्ष घिसिङले बताए । 

    त्यसैगरी प्रदेश सभाको सदस्य संख्या पनि ५५० बाट घटाएर ३३० कायम राख्ने भनिएको छ । त्यसैगरी प्रदेश सरकारको स्थायित्वको लागि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिएको घोषणा पत्रमा समावेश गरिएको छ ।

    संघीय सरकार १५ सदस्यीय र प्रदेश सरकार बढिमा ७ सदस्यीय हुने पनि घोषणा पत्रमा समावेश गरिएको छ । राज्यमन्त्री र सहायकमन्त्री नराख्ने व्यवस्था पनि आफूहरुले प्रतिवद्धता पत्रमा समावेश गरिएको अध्यक्ष घिसिङले बताए । 

    घोषणा पत्रमा अर्थतन्त्रको सुुदृढिकरण र रोजगारीको अवसर सृजना गर्नका लागि स्वदेशी पुँजी परिचालनमा जोड दिने नीति अवलम्बन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।  

     

    प्रकाशित मिति :फाल्गुण ३ २०८२ आइतवार - १५:२०:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij