Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

विराटनगरमा दुर्घटनाग्रस्त स्कोरपिओबाट ४२० किलो गाँजा बरामद

विराटनगरमा दुर्घटनाग्रस्त स्कोरपिओबाट ४२० किलो गाँजा बरामद


  • 428
    Shares

    विराटनगरमा दुर्घटनाग्रस्त स्कोरपिओबाट ४२० किलो गाँजा बरामद

    काठमाडौं । शिवरात्रिको दिन आइतबार बिहान विराटनगर महानगरपालिका-५ स्थित पुलचोकमा दुर्घटनामा परेको स्कोरपिओ गाडीबाट ४२० किलो गाँजा बरामद भएको छ ।

    दुर्घटनामा परेको बा८च ६५०८ नम्बरको स्कोरपिओ गाडीबाट प्रहरीले ४२० किलो गाँजा बरामद गरेको हो ।

    भित्री सडक खण्ड हुँदै तीव्र गतिमा गुडिरहेको स्कोरपिओ अचानक अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेको थियो ।

    मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार स्कोरपिओको सिट तथा डिक्कीको भागमा प्लास्टिकले बेरिएको अवस्थामा गाँजा प्याक गरेर राखेको अवस्थामा ४२० किलो गाँजा बरामद भएको हो ।  

     

    प्रकाशित मिति :फाल्गुण ३ २०८२ आइतवार - १२:०९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij