Logo

२०८२ फाल्गुण ४ गते सोमवार

२०८२ फाल्गुण ४ गते सोमवार

आईसीसी टी–२० विश्वकप : आज नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै

आईसीसी टी–२० विश्वकप : आज नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै


  • 589
    Shares

    आईसीसी टी–२० विश्वकप : आज नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आइतबार नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र वेस्ट इन्डिजको खेल नेपाली समय अनुसार आइतबार बिहान ११ः१५ बजे भारतको मुम्बईस्थित वनखेडे मैदानमा सुरु हुँदैछ ।

    समूह ‘सी’मा रहेको नेपाल अंकबिहीन छ । शीर्ष स्थानमा रहेको वेस्ट इन्डिजले चार अंक जोडिसकेको छ । नेपाल आज पहिलो जितको खोजीमा हुनेछ भने वेस्ट इन्डिज तेस्रो जित निकाल्दै सुपर आठमा पुग्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।

    पहिलो खेलमा इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल चार रनले चुकेको हो। नेपालले २० ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा १८० रन बनाएको थियो।

    दोस्रो खेलमा भने नेपाल कमजोर प्रदर्शन गर्दै इटालीसँग १० विकेटले पराजित भएको छ । टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले बनाएको १२३ रन इटालीले बिना विकेटको क्षतिमा भेट्टाएको हो । आजको खेलमा सुधारिएको प्रदर्शन गर्दै नेपाल पहिलो जितको खोजीमा हुनेछ ।

    भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको अईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ को समूह चरणका चार खेल नेपालले भारतमै खेल्दैछ।

    नेपालले सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा पहिलोपटक स्थान पक्का गरेको थियो। नेपालले दोस्रोपटक विश्वकप खेल्न १० वर्ष लगायो। सन् २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध उत्कृष्ट प्रदर्शन गरी विश्व क्रिकेटमा आफूलाई केन्द्रित बनाएको छ। अघिल्लो विश्वकपमा दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएको थियो।

    यसअघि दुईपटक विश्वकप खेलेको नेपाल समूह चरणभन्दा माथि जान सकेको छैन। नेपाल लगातार रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दै छ।

    विश्वकपको समूह ‘सी’मा रहेको नेपालले इंग्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गरेको हो। समूह सीमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इंग्ल्यान्डसँगै स्कटल्यान्ड र इटाली छन्। बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि आईसीसी रेङ्किङका आधारमा स्कटल्यान्डले अवसर पाएको हो।

    विश्वकपमा नेपाली टिम

    रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी ९उपकप्तान०, सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।

    समूह सीमा वेस्ट इन्डिज चार अंकसहित शीर्ष स्थानमा छ । नेपालले फागुन ५ गते स्कटल्यान्डसँग अन्तिम खेल खेल्ने छ।

    प्रकाशित मिति :फाल्गुण ३ २०८२ आइतवार - ०८:४०:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij