२०८२ फाल्गुण ३ गते आइतवार
पोखरा । पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिक शनिबार बिहान कार फेवाताल मा खस्दा एक युवकको मृत्यु भएको छ। बिहान करिब २ बजे बीएए १५८२ नम्बरको कार अनियन्त्रित भई तालमा खसेको थियो।
दुर्घटनामा स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्दै आएका २४ वर्षीय चालक अदित गुरुङको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहको कमाण्डमा खटिएको टोलीले चालकलाई अचेत अवस्थामा उद्धार गरी गण्डकी मेडिकल कलेज पुर्याए पनि अस्पतालले मृत घोषणा गरेको थियो।
प्रहरीले क्रेनको सहायताले कार तालबाट बाहिर निकालेर थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बैदाममा राखेको जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij