Logo

२०८२ फाल्गुण २ गते शनिवार

२०८२ फाल्गुण २ गते शनिवार

२१ वर्षपछि प्रचण्डले कोट्याए जनयुद्धकालमा बाबुरामलाई कारबाही गरेको विषय

२१ वर्षपछि प्रचण्डले कोट्याए जनयुद्धकालमा बाबुरामलाई कारबाही गरेको विषय


  • 1.0K
    Shares

    २१ वर्षपछि प्रचण्डले कोट्याए जनयुद्धकालमा बाबुरामलाई कारबाही गरेको विषय

    काठमाडौँ । २१ वर्षपछि रुकुम पूर्वको लावाङ पुगेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धकालमा भएको घटनाको स्मरण गरेका छन् । जनयुद्ध ३० वर्ष पुरा भएको अवसरमा शुक्रबार लावाङमा आयोजित कार्यक्रममा प्रचण्डले विगतका घटनाको स्मरण गरेका हुन् । 

    लावाङ त्यही ठाउँ हो, जहाँ २०६१ सालमा पार्टी नीति विपरीत समाचार बाहिर प्रकाशित गरेको आरोपमा डा.बाबुराम भट्टराईलाई कारबाही गरेको थियो । लावाङ र सङ्घीय लोकतान्त्रिक गणतन्त्रबिच गहिरो सम्बन्ध रहेको भन्दै पार्टी शुद्धीकरण तथा सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे ।

    ‘२१ वर्ष अगाडि परिस्थिति अर्कै थियो । यहाँ बैठक बसिराखेका थियौँ । एकातिर पार्टीभित्र समस्या परिराखेको हुनाले केही साथीहरूले विधि, अनुशासन, विधि र पद्धति तोडेर बाहिर प्रतिक्रियावादीलाई खुसी बनाउने खालको समाचार लेखे बापत हामीले कारबाही गर्नुपर्ने अवस्था सिर्जना भयो’, उनले भने, ‘यही ऐतिहासिक गाउँमा बसेर पार्टीलाई शुद्ध पार्न गलत प्रवृत्तिबाट पार्टी बचाउनका लागि त्यतिबेला एक जना वरिष्ठ नेता कमरेड बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो, हामीले कारबाही गर्‍यौँ । यस अर्थमा हामीले यस गाउँ पार्टी शुद्धीकरणका निम्ति, सुदृढ बनाउनका निम्ति हामीले हिम्मत गरेर कारबाही गर्‍यौँ ।’

    अर्कोतिर त्यतिबेलाका राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएर माओवादी विरुद्ध झनै दमन गर्ने नीति सुरु गरेको बताएका थिए । लावाङमा बैठक बस्दाबस्दै माघ १९ को घटना भएको प्रचण्डले स्मरण गरे ।

    लावाङबासी त्यस ऐतिहासिक भूमिका खेलेका महान् जनता भएको उनले बताए । योपटक आफू यही जिल्लामा उम्मेदवारको रूपमा खडा भएकाले सबै जनतासँग साक्षात्कार गर्ने उनको भनाइ छ । 

    प्रकाशित मिति :फाल्गुण १ २०८२ शुक्रवार - १९:०८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij