Logo

२०८२ फाल्गुण २ गते शनिवार

२०८२ फाल्गुण २ गते शनिवार

चितवनबाट काठमाडौं आउदै गरेको युवकको झोलामा भेटियो गोलीसहित पेस्तोल

चितवनबाट काठमाडौं आउदै गरेको युवकको झोलामा भेटियो गोलीसहित पेस्तोल


  • 1.1K
    Shares

    चितवनबाट काठमाडौं आउदै गरेको युवकको झोलामा भेटियो गोलीसहित पेस्तोल

    काठमाडौं । काठमाडौं प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले पेस्तोल सहित नागढुंगा चेक प्वाईन्टबाट आज १ जनालाई नियन्त्रणमा लिएको छ। 

    चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा हतियार फेला पारेको हो। पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर नगरपालिका २ बस्ने ३० वर्षीय केयुर पुरी रहेका छन्।

    पुरीको झोलाबाट मेड इन यूएसए लेखिएको पेस्तोल र उक्त पेस्तोलमा प्रयोग हुने ४ राउन्ड गोली फेला परेको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा प्रहरीले आवस्यक अनुसन्धान गरि रहेको छ।

    प्रकाशित मिति :फाल्गुण १ २०८२ शुक्रवार - १७:००:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij