Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा ६४ वर्षका वृद्ध पक्राउ

एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा ६४ वर्षका वृद्ध पक्राउ


  • 1.4K
    Shares

    • images
    एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा ६४ वर्षका वृद्ध पक्राउ

    काठमाडौं । २७ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक वृद्ध पक्राउ परेका छन्। 

    पक्राउ पर्नेमा सुनसरीको बराह्रक्षेत्र नगरपालिका-७ घर भएका ६४ वर्षीय प्रमानन्द पौडेल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

    उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो।  केही दिनअघि पौडेलले ती युवतीलाई जबरजस्ती करणी गरेको आरोप छ। 

    पौडेलले आफूलाई जबरजस्ती करणी गरेको भन्दै युवतीले दिएको उजुरीको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यो घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।  

    प्रकाशित मिति :फाल्गुण १ २०८२ शुक्रवार - १४:१९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij