Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

निगमको गण्डकी प्रादेशिक कार्यालयका प्रमुखसहित तीन जना दोषी ठहर

निगमको गण्डकी प्रादेशिक कार्यालयका प्रमुखसहित तीन जना दोषी ठहर


  • 372
    Shares

    निगमको गण्डकी प्रादेशिक कार्यालयका प्रमुखसहित तीन जना दोषी ठहर

    काठमाडौं । विशेष अदालतले नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालयका प्रमुख चित्तरञ्जन दाससहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवाना हुने फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश विदुर कोइरालाको इजलासले निगमका प्रमुख दाससहित तीन जनालाई ५ महिना कैद र जरिवाना हुने फैसला सुनाएको हो । 

    यसै मुद्दामा गण्डकी धौलागिरि पेट्रोलियम एसोसिएसनका तत्कालीन प्रतिनिधि जगन्नाथ ढुङ्गाना र लक्ष्मण रानाभाटको हकमा भने बदनियत राखेको वा मिलेमतो गरेको वस्तुनिष्ठ प्रमाण नपुगेको भन्दै उनीहरूलाई सफाइ दिएको छ ।

    अदालतले आयल निगमका गण्डकी प्रदेशका प्रमुख चित्तरञ्जन दास, निर्मल थापा र बाबुराम जमरकट्टेललाई जनही ५ महिना कैद हुने ठहर गरेको छ । तीन जनालाई बिगोको आधा रकम ( २,२४,२६२.९१) लाई दामासाहीले भाग लगाउँदा हुने जनही ५६ हजार ६५ रुपैयाँ ७२ पैसा जरिवाना तिर्नुपर्ने फैसला सुनाएको छ । साथै पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन समेत आदेश दिएको छ ।

    उनीहरूमाथि अवैध रूपमा डिजेल कारोबार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । कुल १२ हजार लिटर डिजेल पठाउनुपर्नेमा १५ हजार ३८ लिटर पठाइएको र उक्त डिजेल बोकेको ट्याङ्कर पोखरा महानगरपालिका २७ मा नियन्त्रणमा लिइएको थियो । 

    बिलमा उल्लेख भएभन्दा बढी तीन हजार ३८ लिटर डिजेलको प्रतिलिटर मूल्य रु १४७ अनुसार चार लाख ४८ हजार ५२५ हिनामिना भएको आयोगले दाबी गरेको थियो ।

    प्रकाशित मिति :फाल्गुण १ २०८२ शुक्रवार - १३:४३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij