Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

दार्चुलामा वृद्धाको हत्या गरी गहना लुटपाट गरेका २ जना पक्राउ

दार्चुलामा वृद्धाको हत्या गरी गहना लुटपाट गरेका २ जना पक्राउ


  • 505
    Shares

    दार्चुलामा वृद्धाको हत्या गरी गहना लुटपाट गरेका २ जना पक्राउ

    काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देबलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ । सोमबार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा २३ वर्षीय उमेश साउद र २३ वर्षकै गोपाल नाथलाई पक्राउ गरेको हो ।

    मृतक जोशीका छिमेकी समेत रहेका साउदकै योजनामा जोशीको हत्या गरेर गरगहना लुटपाट गरिएको पाइएको प्रहरीले जनाएको छ ।

    संघीय प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक पदमबहादुर थापा नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरेको र दुई जनालाई नियन्त्रणमा लिइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाले जानकारी दिएका छन् ।

    डीआईजी रानाकाअनुसार बयानका क्रममा दुवै जनाले अभियोग स्वीकार गरेका छन् । उनीहरूले जोशीको हत्यापछि लुटपाट गरेका गरगहना समेत बरामद गरिएको छ । झन्डै दुई तोला बराबरका गरगहना बरामद गरिएको छ ।

     

     

    प्रकाशित मिति :फाल्गुण १ २०८२ शुक्रवार - १२:१५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij