२०८२ फाल्गुण २ गते शनिवार
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको लोभ देखाएर ८० लाख ठगेको अभियोगमा तीनजना पक्राउ परेका छन् ।
प्रहरीले बिहीबार ती अभियुक्तलाई सार्वजनिक गर्दै आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभागलाई बुझाएको छ ।
प्रहरीका अनुसार महोत्तरी सम्सीपालिका–१ जटाधर राउत, सोलुखुम्बुको थुलुङपालिका-३ का थमराज नेपाली र ललितपुरको महालक्ष्मी नगरपालिका-१ का रामकुमार राईले ५ जना पीडितबाट रकम ठगेका हुन् ।
अभियुक्तहरूले बेलायत र रोमानियामा आकर्षक तलब पाइने भन्दै विभिन्न समयमा लाखौँ रूपैयाँ असुलेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij