Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

कोरोनाको उपचारमा प्रयोग गरिने 'रेम्डेसिभिर' नेपालमा उत्पादन हुने

कोरोनाको उपचारमा प्रयोग गरिने 'रेम्डेसिभिर' नेपालमा उत्पादन हुने


  • 5.8K
    Shares

    कोरोनाको उपचारमा प्रयोग गरिने 'रेम्डेसिभिर' नेपालमा उत्पादन हुने
    images

    काठमाडौँ । कोरोना सङ्क्रमितको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने भएको छ ।  औषधि व्यवस्था विभागले रेम्डेसिभिर उत्पादन गर्ने अनुमति दिएपछि नेपालमा नै उत्पादन हुने भएको हो । 

    विभागका सूचना अधिकारी सन्तोष केसीले रेम्डेसिभिर उत्पादन गर्नका लागि वीरगञ्जस्थित नेशनल हेल्थ केयरलाई अनुमति दिइएको जानकारी दिनुभयो । औषधि उत्पादन गर्ने कम्पनीका सबै संरचना हेरेर र उत्पादन गर्ने सक्ने भएपछि मात्र अनुमति दिइएको जनाइएको छ ।

    यसअघि नेपालमा सो औषधि भारत र बङ्गलादेशबाट ल्याउने गरिएको थियो । औषधिको मूल्य करीब रु पाँच हजार पर्छ ।  नेशनल हेल्थ केयरका उपाध्यक्ष अजय पाण्डेले अनुमति पाइसकेपछि चीनबाट कच्चा पदार्थ ल्याउने तयारी गरिएको जानकारी दिनुभयो ।  यही जेठ १७ गतेसम्म औषधिका लागि कच्चा पदार्थ ल्याइने र  १५ दिनपछि उत्पादन गरेर बजारमा पु¥याइने बताइएको छ । रासस

    प्रकाशित मिति :जेठ ६ २०७८ बिहिवार - १३:२४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij