२०८३ बैशाख १६ गते बुधवार
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमास (साउन–पुस)को वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक वित्तीय विवरण अनुसार चालु आर्थिक ६ महिनामा कम्पनीले ३८ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामाकम्पनीको नाफा ५२.०३ प्रतिशतले घटेको छ।
चालु वर्षको पुससम्म कम्पनीको जीवन बीमा कोषमा ६५ अर्ब ७३ करोड ५० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार ६.०५ प्रतिशतले बढेको छ।
कम्पनीले ६ अर्ब २७ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ८.२४ प्रतिशतले बढेको छ। शेयरपुँजी १८ करोड १० लाख रुपैयाँ रहेको छ ।
कम्पनीको महाविपत्ति कोषमा ३ करोड १६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ४० करोड ७६ लाख रुपैयाँ रहेको छ । कम्पनीले ६ अर्ब २४ करोड १२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ८.४२ प्रतिशतले बढेको छ।
कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी घटेर ४.२८ रुपैयाँ कायम भएको छ भने अघिल्लो वर्ष ईपीएस ८.९१ रुपैयाँ थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij