२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । आज तराई भू–भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु÷कुहिरो रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ।
आज राति तराई भू–भागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij