Logo

२०८२ चैत्र १७ गते मंगलवार

२०८२ चैत्र १७ गते मंगलवार

आज ३०औँ जनयुद्ध दिवस, २५२ जना सहिद भएको रुकुमपूर्वमा प्रचण्ड

आज ३०औँ जनयुद्ध दिवस, २५२ जना सहिद भएको रुकुमपूर्वमा प्रचण्ड


  • 939
    Shares

    • images
    आज ३०औँ जनयुद्ध दिवस, २५२ जना सहिद भएको रुकुमपूर्वमा प्रचण्ड

    रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै छ। जनयुद्धको सुरुवात भएको रुकुमपूर्वमा सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग र रुकुमेलीसँग जनयुद्ध दिवस मनाउन पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार साँझ रुकुमपूर्व आएका छन्।

    २०५२ फागुन १ गते तत्कालीन माओवादीले सुरु गरेको जनयुद्ध दश वर्षसम्म चलेको थियो। जनयुद्धका प्रमुख नेता प्रचण्ड पहिलोपटक रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउन आएका हुन्।

    रुकुमपूर्व जनयुद्धको उपलब्धि संघीयतापछि बनेको कान्छो जिल्ला हो। संघीयताले जन्माएको रुकुमपूर्वबाट उनी प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्।

    भूमे गाउँपालिका(२ खाबाङ बगरमा आज आयोजना हुने जनयुद्ध दिवसमा नेकपाका संयोजक प्रचण्डले सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको नेपाली कम्युनिस्ट पार्टी रुकुमले जनाएको छ। रुकुमपूर्वमा २५२ जना सहिद छन्।

    प्रकाशित मिति :फाल्गुण १ २०८२ शुक्रवार - ०६:५४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij