२०८२ फाल्गुण १ गते शुक्रवार
काठमाडौं । महोत्तरीमा खेत जोतिरहेको ट्याक्टरको रोटाभेटरले काटिएर दुई बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरी मटिहानी नगरपालिका ४ बस्ने ७ की फरहाना खातुन र सिराहाको सिराहा नगरपालिका ११ मरडा बस्ने ८ की रफिया खातुन रहेकी छन् ।
प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टका अनुसार ट्याक्टरले खेत जोतिरहेको अवस्थामा दुवै बालिका ट्याक्टरमा बसेका थिए । अचानक लडेर रोटाभेटरले टाउकोको भागमा काटिँदा दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।
ट्याक्टर चालक फरार रहेको, ट्याक्टर घटनास्थलमा नै रहेको डिएसपी भट्टले बताएका छन् । शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij