२०८२ फाल्गुण १ गते शुक्रवार
काठमाडौं । शंखरापुर नगरपालिकाको जहरसिंह पौवाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।
प्र ३–०१–००५ ख ९५५१ नम्बरको बस शंकरापुर–३ स्थित फेदीमा दुर्घटना भएको हो । उक्त बस आफैं अनियन्त्रित भएर दुई मिटर पर रहेको टहरामा ठोक्किएको प्रहरीले बताएको छ ।
बसमा सवार ३२ जना मध्ये चार जना घाइते भएको प्रहरीले बताएको छ । सामान्य घाइतेलाई पिपल्स लाईफ केयर हस्पिटल साँखु र गम्भीर घाइते भएकालाई काठमाडौं मेडिकल कलेजमा लगिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij