Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेपाललाई स्पेनले दियो १४ करोड बढीको स्वास्थ्य सामाग्री

नेपाललाई स्पेनले दियो १४ करोड बढीको स्वास्थ्य सामाग्री


  • 5.5K
    Shares

    • images
    नेपाललाई स्पेनले दियो १४ करोड बढीको स्वास्थ्य सामाग्री

    काठमाडौं । स्पेन सरकारले नेपाललाई सहयोग स्वरुप १४ करोड २० लाख रुपैयाँ मुल्य वरावरको स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

    एक मिलियन युरो अर्थात १४ करोड २० लाख रुपैयाँ मुल्य वरावरको ५ टन स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेस त्रिपाठीलाई हस्तान्तरण गरेको छ ।

    स्पेनका लागि नेपाली दुतावासका राजदुत दावाफुटी शेर्पाका अनुसार प्राप्त सामाग्रीमा एक लाख ४४ हजार फेस मास्क, एक लाख २५ हजार एन्टिजेन टेष्ट, अन्य मास्क, सेनिटाइजर, पञ्जा र स्वास्थ्य सामाग्री रहेको छ ।

    सामाग्री लिएर स्पेनबाट स्पेन एजेन्सी फर इन्टरनेश्नल डेभलपमेन्ट कर्पोरेसनका डाइरेक्टर म्याग्डी मार्टीनेज सोलिमन र स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा सहितको टोली नेपाल आएका थिए । 

    सामाग्री स्पेन एजेन्सी फर इन्टरनेश्नल डेभलपमेन्ट कर्पोरेसनका डाइरेक्टर म्याग्डी मार्टीनेज सोलिमनले मन्त्री त्रिपाठी विमानस्थलमै हस्तान्तण गरेको हो । कोरोना भाइरस संक्रमितको संख्या दैनिक रुपमा बड्दै गए पछि स्वास्थ्य सामाग्रीको अभाव हुदाँ नेपालीले अकालमै ज्यान गुमाउनु परेको भन्दै राजदुत शेर्पाको पहलमा सामाग्री नेपाल ल्याइएको थियो । यो सामाग्रीले केही भए पनि राहत पुग्ने विस्वास लिएको स्पेन सरकारले विश्वास लिएको जनाएको छ ।

    नेपालका लागि विदेशीमुलकबाट प्राप्त भएको सहयोग सामाग्री यो हालसम्मकै धेरै भएको मन्त्रालयको भनाई छ । स्पेनी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री गोन्जालेजले लकडाउनले नेपालमा अलपत्र भएका स्पेनी नागरिकलाई उद्दार गरेकोमा नेपाललाई धन्यवाद दिदै आपसी सहयोगमा स्पेन जहिले तयार रहेको बताएकी थिइन । 

    सोलिमन यस अघि नेपाल आइ सकेका छन् स्पेन सरकारको सहयोगमा भुकम्प प्रभावित क्षेत्र सिन्धुपाल्चोक क्षेत्रमा विभिन्न कार्यक्रमहरु मार्फत सहयोग गरेको थियो ।   

    IMG20210520WA00001621494266_1200.jpg

    प्रकाशित मिति :जेठ ६ २०७८ बिहिवार - १३:१३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij