Logo

२०८२ फाल्गुण १ गते शुक्रवार

२०८२ फाल्गुण १ गते शुक्रवार

नेपालकी सोना श्रेष्ठ एडीबी महानिर्देशक नियुक्त

नेपालकी सोना श्रेष्ठ एडीबी महानिर्देशक नियुक्त


  • 365
    Shares

    नेपालकी सोना श्रेष्ठ एडीबी महानिर्देशक नियुक्त

    काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालकी सोना श्रेष्ठलाई दक्षिण एसिया विभाग महानिर्देशक नियुक्त गरेको छ ।

    श्रेष्ठलाई बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीको रणनीति तथा सञ्चालन विकास र कार्यान्वयन नेतृत्व गर्ने गरी नियुक्त गरिएको हो ।

    श्रेष्ठ यसअघि दक्षिण एसिया विभागकै उपमहानिर्देशक थिइन् । यसअघि उनले एडीबीको स्वतन्त्र मूल्यांकन विभाग उपमहानिर्देशक तथा एडीबी सहायक सचिव लगायत वरिष्ठ पदमा काम गरेकी थिइन् ।

    श्रेष्ठको अन्तर्राष्ट्रिय विकास, नीतिगत विश्लेषण, परियोजना सञ्चालन र मूल्यांकन क्षेत्रमा २७ वर्षको कार्य अनुभव छ । अर्थशास्त्र विषयमा अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट पीएचडी गरेकी श्रेष्ठले अमेरिकाकै स्मिथ कलेजबाट अर्थशास्त्रमा बीए गरेकी छिन् ।

    सन् १९६६ मा स्थापित एडीबीमा ६९ सदस्य राष्ट्रहरूको स्वामित्व छ, जसमध्ये ५० राष्ट्र एसियाका हुन् । 

    प्रकाशित मिति :माघ २९ २०८२ बिहिवार - १३:५९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij