२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेताटोपबहादुर रायमाझी र बेचन झाको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय सूर्यनाथप्रकाश अधिकारी र गोपालप्रसाद बास्तोलाको इजलासमा सुनुवाइका लागि तोकिएको पेसी रायमाझी तर्फका कानुन व्यवसायीले निवेदन दिएर स्थगित गराएका हुन् ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७१ अनुसार थुनामुक्तको माग गर्दै रायमाझी र झाले दिएको निवेदन जिल्ला अदालत काठमाडौँले अस्वीकार गरेपछि सो उपर उच्च अदालत पाटन गएका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij