२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । जेनजी सुशासन योद्धा परिवारले शहीदहरूको सम्झनामा भावपूर्ण क्षमायाचना पूजा गरेको छ । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि क्षमा याचना पूजा गरिएको हो ।
जेनजी आन्दोलनका क्रममा शहीद भएकाहरूको आत्मशान्तिको लागि यो पूजा एवं होम लगाइएको थियो । शहीद परिवारका सदस्यहरू, योद्धा परिवारका प्रतिनिधि तथा समर्थकहरूको उपस्थितिमा यो धार्मिक एवं भावनात्मक कार्यक्रम गरिएको हो ।
जेनजी सुशासन योद्धा भनेर सरकारले पहिचान गरेका ४५ जना प्रदर्शनकारीहरूलाई शहीद घोषणा गरेको थियो । शहीदहरूको बलिदानलाई सम्मान गर्दै परिवारले यस्ता कार्यक्रम नियमित रूपमा गर्दै आएको छ ।
कार्यक्रममा सहभागीहरूले शहीदहरूको योगदानलाई स्मरण गर्दै सुशासनको पक्षमा निरन्तर संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । यो पूजा एवं सत्याग्रहले सहिदहरूको आत्मालाई शान्ति प्रदान गर्ने साथै समाजमा सुशासनको सन्देश फैलाउने उद्देश्य राखेको आयोजकले बताएका छन् ।
जेनजी सुशासन योद्धा परिवारले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij