२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय समन्वय समितिका सदस्य मनिष मिश्र नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको महासचिव रहिसकेका उनी जसपा नेपालमा अभिभावकत्वको अभाव देखेर पनि पार्टी छाडेको बताइएको छ ।
लोसपा नेपालले जसपा नेपालसँग एकता गरिसकेको छ । जसपा नेपालका संरक्षक महन्थ ठाकुर राष्ट्रिय सभामा गइसकेका छन् । सर्लाही–४ महन्थ ठाकुरको पुरानो क्षेत्र हो । सो क्षेत्रमा आफूले महन्थ ठाकुरलाई अभिभावकको रूपमा नपाएको बताउँदै नेता मिश्रले वर्षौँदेखि चुनावको तयारी गरेको तर अन्तिममा माओवादीबाट आएका रामेश्वर रायलाई टिकट दिएको गुनासो गरेका छन् ।
केही दिनमा कांग्रेस पार्टीमा प्रवेश गर्ने तयारी भइरहेको बताउँदै उनले आफू जहाँ रहेपनि लोकतन्त्र र मधेसको लागि काम गर्ने बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij