Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

डोल्पा जिप दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते

डोल्पा जिप दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते


  • 904
    Shares

    डोल्पा जिप दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते

    काठमाडौं । डोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । त्रिपुरासुन्दरी नगरपालिका-३ जिउ गाउँदेखि त्रिपुराकोट आउँदै गरेको ग१ज ८०९९ नम्बरको बोलेर जिप आज बिहान साढे १० बजेतिर दुर्घटनामा परेको हो ।

    जिउ गाउँकै ३८ वर्षीय सुकलाल गुरूङ, त्रिपुरासुन्दरी-४ रंगकी ४५ वर्षीय रमा बोहोरा र चालक घाइते भएका छन् । घाइतेहरु थप उपचारको लागि जिल्ला अस्पताल दुनैमा पठाइएको त्रिपुराकोट प्रहरी चौकीले जानकारी दिएको छ । दुर्घटनामा त्रिपुरासुन्दरी-३ जिउ गाउँकै अन्दाजी ४५ वर्षीय धनचन्द्र धरालाको मृत्यु भएको छ ।

    चालक सल्यानको कुमाख गाउँपालिकाका २५ वर्षीय एलिस बुढाथोकीलाई प्रहरी चौकी त्रिपुराकोटले नियन्त्रणमा लिएको जानकरी दिएको छ ।

     

    प्रकाशित मिति :माघ २९ २०८२ बिहिवार - १२:३९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij