Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

पथरीमा दुर्घटना : दुईको मृत्यु, तीन गम्भीर घाइते

पथरीमा दुर्घटना : दुईको मृत्यु, तीन गम्भीर घाइते


  • 5.3K
    Shares

    पथरीमा दुर्घटना : दुईको मृत्यु, तीन गम्भीर घाइते
    images

    मोरङ । मोरङको पथरीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।

    पूर्वबाट पश्चिमतर्फ गइरहेको ना २ ख ९४७३ नम्बरको मालवाहक सवारीसाधनले सोही दिशाबाट आएको मे १ च १८५१ नम्बरको स्कर्पियोलाई ठक्कर दिँदा भएको दुर्घटनामा मोरङको रंगेली नगरपालिका-३ रन्जनीका ७६ वर्षीया विष्णुमाया सिवाकोटी र झापाको झापा गाउँपालिका ६ शरणमतीका ६० वर्षीय लक्ष्मी भन्ने लीलानाथ पौडेल मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए।

    दुर्घटनामा परी झापा बिर्तामोड नगरपालिका-२ चार पानेका ३३ वर्षीय विकास उप्रेती, सोही ठाउँका ४५ वर्षीया विनिता पौडेल र हल्दीबारी गाउँपालिका-५ का २५ वर्षीय रोशन उप्रेती घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइतेको विराटनगरस्थित गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनीहरू बिरामी भेट्नका लागि विराटनगरतर्फ आउँदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।

    प्रकाशित मिति :जेठ ६ २०७८ बिहिवार - १३:००:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij