२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । कपिलवस्तुमा गुडिरहेको बसमा आगलागी भएको छ । जिल्लाको हुलाकी सडक खण्डअन्तर्गत भैरहवा सडकस्थित शुद्धोदन ६ टिटिहिरियामा आज बिहान काठमाडौंबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको बस आगलागी भएको हो ।
बसमा सवार ४४ जना यात्रु भने सकुशल छन् । गुडिरहेको बसको बायाँ चक्कामा अचानक आगलागी सुरु भएको थियो । यसपछि बस सडक छेउमा रोकिएर पछि यात्रु ओर्लिएका थिए । बस जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले स्थानीय, प्रहरी र कपिलवस्तु नगरपालिकाबाट गएको दमकलले आगो निभाउन प्रयास गरे पनि बस आधा घण्टामै पूर्ण रूपमा जलेर नष्ट भएको बताएका छन् ।
उनले घटनामा कुनै मानवीय क्षति नभएको बताएका छन् । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij